|

काठमाडौं : पूर्वजनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले उपचारमा ७३ लाख रुपैयाँ खर्च भएको बिल पेस गरे पनि सरकारले ४३ लाख ४१ हजार रुपैयाँ मात्रै उपलब्ध गराएको छ।

स्वास्थ्य मन्त्रालयले औषधोपचारबाहेकको बिल समावेश नगराएपछि अर्थले ३० लाख रुपैयाँ कटौती गरेर आइतबार रकम निकासा गरेको हो।

यस्ता थिए बिलका शीर्षक

  • भारतीय रुपैयाँ सटही १५ लाख २ हजार ९ सय ९४ । तर, बैंकमा पैसा नपाएकाले कालोबजारमा साट्दा थप चार रुपैयाँ कमिसन तिर्नुपरेकाले सो पैसा पनि सरकारले दिनुपर्ने उनको मागदाबी थियो ।
  • होटेलमा बसेको, पाउरोटी र चिया खाएको खर्च १८ लाख ७३ हजार ६ सय ।
  • यातायात खर्च ८ लाख ९१ हजार ५७
  • काठमाडौंको शिक्षण अस्पतालमा उपचार ७ लाख १६ हजार
  • भारतको मेदान्त अस्पतालमा उपचार २३ लाख ४८ हजार ४ सय २८

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.