|

काठमाडौं : गएको सोमबार भएको युएस बंगला विमान दुर्घटनामा मृत्यु भएका ४९ मध्ये  ४३ को शव परिवारलाई बुझाइएको छ। विमान दुर्घटनामा परेर ४९ जनाको मृत्यु भएकोमा १९ नेपाली, २३ जना बंगालीदेशीसहित १ जना चाइनिजको शव परिवारलाई बुझाइएको त्रिवी शिक्षण अस्पतालका फेरेन्सिक विभागका  प्रमुख डा. प्रमोद श्रेष्ठले बताए।

मृतकमध्ये चारजनाको शव पहिचान हुन नसकेको हुनाले पहिचानको लागि डिएनए गर्नुपर्ने अवस्था आएको समेत डा . श्रेष्ठले बताए। उनले भने, 'हामीले घटना भएको ५ दिनपछि ४५ शवलाई परिवारलाई बुझाएका छौँ चारवटा शवको भने पहिचान हुन सकेको छैन हामी ती शवको डिनए गर्ने तयारीमा छौँ।'

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा भएको युएस बंगला विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.