|

काठमाडौं : नेपाल आइडल विजेता बुद्ध लामाको नयाँ गजल सार्वजनिक भएको छ। अमेरिकामा बसोवास गरिरहेका गजलकार सुरेश वाग्लेद्वारा रचना गरिएको ‘तिमी साथ भएपछि’ शीर्षकको गजलमा लामाले स्वर दिएका छन्। गजलकार वाग्लेकै गजलगृह नामक च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो।

हरि लम्सालद्वारा संगीतबद्ध उक्त गजललाई गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन्। चन्द्र चौधरीद्वारा मिक्सिङ तथा मास्टरिङ गरिएको उक्त गीत अर्केष्ट्रिक नेपालमा रेकर्ड गरिएको हो।

अर्जुन अधिकारीद्वारा निर्देशित उक्त भिडियोमा पल शाह तथा आँचल शर्माले अभिनय गरेका छन्। उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्। भिडियोमा सुरेन बसेलको कोरियोग्राफी छ।

भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.