|

काठमाडौं : चैत २३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘हिरोज’को नयाँ गीत रिलिज भएको छ। सार्वजनिक 'यो प्रीत' बोलको गीतमा विकास चौधरीको संगीत रहेको छ। प्रविशा अधिकारी र प्रह्लाद तिमिल्सिनाको स्वर रहेको गीतमा शंकर अधिकारी 'घायल'को शब्द रहेको छ।

रामजी लामिछानेको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका मुख्य कलाकार करिश्मा मानन्धर र मुकेश ढकाल फिचरिङ छन्। फेवातालमा खिचिएको भिडियोमा मुकेश र करिश्मा रोमान्टिक मुडमा देखिएका छन्।   

अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको फिल्म ‘हिरोज’लाई वरिष्ठ द्वन्द्व निर्देशक एनवी मर्हजनले निर्देशन गरेका छन्। ‘हिरोज’मा बेरोजगारीको पीडा, महिला हिंसा, राजनीतिक विकृति, अन्यायविरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको छ।

जयलक्ष्मी फिल्म्सको ब्यानरमा निर्माण भएको ‘हिरोज’मा करिश्मा र मुकेशका अलावा जयकिशन बस्नेत, पूर्णिमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतको अभिनय छ।

लक्ष्मी लामा प्रस्तुतकर्ता रहेको फिल्ममा युवराज लामा, शेखर लामा र संजोग राणाको लगानी रहेको छ। शिव ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्ममा कमल राई, कविराज गहतराज, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.