|
फाइल फोटो

दमक (झापा) : तीन साता आराम गर्ने भन्दै झापाको दमक आएका पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाट बढाएका छन्। उनले पूर्व राजावादी भनिएका विभिन्न नेताहरूलाई दमकस्थित उनी बसोवास गरिरहेको ‘मिनी दरबार’मा भेला गरी भेट गरेका हुन्। 

पूर्व शाही परिवारको स्वामित्व रहेको हिमालय महालक्ष्मी टी गार्डेनभित्र रहेको ‘मिनी दरबार’मा रहेका उनले राप्रपा तथा राप्रपाबाट विभाजित विभिन्न दलका दोस्रो वरियताका नेताहरूलाई भेटेका हुन्।    पूर्व राजासँग ‘दर्शन भेट’का लागि राजधानीमा रहेका नेताहरू दमक पुगेका थिए। 

आइतबार साँझ राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, पूर्वमन्त्री भाष्कर भद्रा, प्रह्लाद शाह, सगुन लावती, राजाराम श्रेष्ठ, तारानाथ लुइँटेल, सुरेश आचार्यलगायतका नेतालाई पूर्व राजाले संयुक्त रूपमा भेट गरेका हुन्। उनले ती नेताहरूलाई साँझ ४ बजेदेखि ७ बजेसम्म कुरा गरेका थिए।

के कुरा भयो भेटमा?
भेटमा सहभागी एक नेताले भने, ‘दर्शन भेटका लागि केही नेताहरू गएका हौँ। देशको अवस्थाप्रति गम्भीर चासो राखिबक्सियो।’ आफूले धेरै कुरा गर्नुभन्दा पनि नेताहरूका कुरा उनले चासोपूर्वक सुनेको ती नेताले बताए। अरू नेताहरूलाई पनि क्रमिक रूपमा उनले भेट्न चाहेको सहभागी नेताको भनाइ छ। 

पूर्व रानी कोमलसहित दमकमा रहेका उनलाई भेट्न बुहारी हिमानी पनि दमक आउने तयारी रहेको स्रोतले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.