संसदीय दललाई पूर्णता दिने देउवाको तयारी

|

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं २ बाट निर्वाचित सांसद डा. मिनेन्द्रप्रसाद रिजालले संसदीय दलको प्रमुख सचेतक पद लिन अश्वीकार गरेका छन्।

कांग्रेस सभापतिसमेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले डा. रिजाललाई मंगलबार संसदीय दलको नेताको प्रमुख सचेतकमा नियुक्त गर्ने तयारी गरे पनि नेता डा. रिजालले सो पद अश्वीकार गरेका हुन्। दुई साताअघि भएको कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका पार्टी सभपाति देउवाले उपनेतामा नेपाल लोकतान्त्रिक फोर परित्याग गरी मंसिरदेखि कांग्रेसमा क्रियाशील सांसद विजयकुमार गच्छदारलाई मनोनीत गरेका थिए। 

‘दलका नेताज्यूबाट मलाई चिफ ह्वीपको जिम्मेवारी लिन आग्रह गरिएको थियो, तर मैले पदमा नरहेर पनि संसदमा भूमिका खेल्ने विश्वास दिलाएँ’, रिजालले थाहाखबरसँग भने, ‘मेरो क्षमताले भ्याएसम्म दलको तर्फबाट संसदमा भूमिका निर्वाह गर्छु र नेतालाई पदमा नवसी पूर्णरुपमा सहयोग गर्नेछु।’ कांग्रेस संसदीय दलको विधानअनुसार प्रतिनिधिसभा संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रियसभा संसदीय दलको नेतासमेत दलको नेताले मनोनीत गर्नुपर्छ।

पार्टीको १२औँ महाधिवेशनमा देउवासमूहतिर क्रियाशील डा. रिजाल २०७० सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालेदेखि नै पार्टीमा देउवा समूहबाट अलग भएका थिए। १३औँ महाधिवेशनदेखि भने रिजाल नेता रामचन्द्र पौडेल समूहमा छन्।

पार्टी केन्द्रीय कार्य समितिको शुक्रबार बस्ने बैठकअघि नै नेता देउवाले संसदीय दललाई पूर्णता दिने योजना बनाएका छन्। राष्ट्रियसभाको संसदीय दलको नेतामा भने केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई नियुक्ति गर्ने मनस्थितिमा देउवा पुगेका छन्। राष्ट्रियसभामा कांग्रेसका तीन केन्द्रीय सदस्यहरु छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.