|

काठमाडौं : नेपाली सेनाका देशभरका ब्यारेक तथा कार्यालय नक्साबिनै बनाइएको पाइएको छ। भवन निर्माणसम्बन्धी बनेको नियम, निर्देशिका र आचारसंसहताको पालना नगरी सेनाले करिब १० हजार ब्यारेक तथा कार्यालय बनाएको हो।

भन्द्रकालीस्थित सैनिक कार्यालय परिसरभित्रका संरचना पनि नक्सापास नगरी बनाइएको छ। यसरी व्यावसायिक प्रयोजनका भवनदेखि फौज बस्ने स्थलसम्म नक्सापासबिनै बनाउन कानुनका उल्लंघन मात्र नभइ प्रकोपका बेला असुरक्षा हुने डर पनि हुने जानकारहरु बताउछन्। 

सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले सुरक्षाको कारण र विगतदेखिको चलनअनुसार भवन संरचना बनाइएका कारण नक्सापास हुन नसकेको बताए। ‘सुरक्षा गोपनियता तथा विगतदेखि अहिलेसम्म कुनै पनि ब्यारेक तथा कार्यालयका संरचना बनाउँदा नक्सापास गरेका छैनौं’, उनले भने, 'हामीले जानाजान कानुनको उल्लंघन गरेका होइनौं।' 

तर अब कसरी कानुनको पालना पनि हुन्छ र गोपनीयता पनि कायम रहन्छ भन्नेमा  नगरपालिका तथा गाँउपालिकाका अधिकारीसँग छलफल थालेका छौँ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.