|

काठमाडौं : काठमाडौंको नयाँ बानेश्वर देवीनगरमा मंगलबार राती छुरा हानेर सर्लाहीका पुरुषोत्तम सेढाईंको हत्या गर्ने तीन जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेर सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा झापा सतासीधामका अशोक लिम्बू, झापाकै रोहित चौधरी र संजीव राई रहेको महानगीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए।

उनीहरूको साथबाट हत्या गर्न प्रयोग भएको चक्कुसहित बानेश्वर देवीनगरबाट पक्राउ हुन्। गए राती मादक पदार्थ सेवन गरेर सडकमा निस्किएका सेढाईं पक्ष र झापा सतासीधामका अशोक लिम्बू पक्षबीच भएको विवादमा उनीहरूले सेढाईंलाई चक्कु प्रहार गरेका थिए।

आफूहरूलाई सेढाईंले हेपेर बोलेका कारण घटना भएको अभियुक्तहरूले स्वीकार गरेका छन्। चक्कु प्रहारबाट घाइते भएका सेढाईंको शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा मंगलबार राती नै मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.