|
राजधानी दैनिक

नवलपरासी :  गण्डक नहरकै कारण नेपाली भूमि डुबानमा पर्ने र कटान भइरहेको बेला भारतले नारायणी नदीमा एकतर्फी बाँध निर्माण सुरु गरेको छ।

नेपाली भूमि डुबानमा पार्ने गरी भारतले एकतर्फी बाँध निर्माण गरेको हो। सुस्ता गाउँपालिका–४ नर्सहीस्थित नारायणी नदी ठोक्कर–१२ को पूर्वतर्फ नारायणी नदी पारी नेपालतर्फ करिब ३ सय मिटर भूभाग मिची बाँध निर्माण गरेको स्थानीय श्याम थापाले बताए।

शक्तिकुमार कम्पनी पश्चिमी चम्पारण कम्पनीले बाँध निर्माण गर्दै आएको छ। भारतले नदीको भारतर्फ बहने पानीको बहावलाई नेपालतर्फ पठाउने गरी नेपाल भारत सीमाभन्दा ३ सय मिटर वर आएर उक्त बाँध निर्माण गरेको भन्दै नर्सहीका बासिन्दाले विरोध समेत जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.