|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय भएको छ।

प्रधानमन्त्रीमा नियुक्त भएको दुई महिनाभित्र नै उनी छिमेकी राष्ट्र भारतको भ्रमणमा जान लागेका हुन्। स्रोतका अनुसार उनी चैत अन्तिम साता भारतमा जाने तयारी भइरहेको छ। 

चैतको अन्तिम  साता प्रधानमन्त्रीको भारत भ्रमण हुने तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको जानकारी प्राप्त भएको छ। तर, कति गतेदेखि नभनिएपनि चैत २३ गते भारत भ्रमणमा जाने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो। 

गएको मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्‍न भएपछि र ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि गरी दुई पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई भारत भ्रमणको निम्तो दिएका थिए। त्यस्तै सरकार निर्माणको पूर्वसन्ध्यामा मोदीले विशेष दूतका रुपमा विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल पठाएर भ्रमणको निम्ता दिएका थिए।

नेपालको संविधान जारी भएपछि २०७२ असोज २४ मा पहिलो पटक प्रधानमन्त्री भएका ओलीले त्यसै वर्षको फागुन ७ देखि ११ सम्म भारतको राजकीय भ्रमण गरेका थिए। त्योबेला प्रधानमन्त्री ओलीले भारतले नेपालमाथि लगाएको नाकाबन्दी तथा भारतले संविधान संशोधनका लागि तयार रहेको भन्दै त्यसको समयसीमा समेत तोक्न दिएको दबाबलाई अस्विकार समेत गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.