|

काठमाडौं : पछिल्लो समय काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा पकेटमारको संख्या बढ्दै गएको छ। योजनबद्ध ढंगबाट समूह नै बनाएर सार्वजनिक यातायातमा लुट्नेको संख्या बढ्दै गएको हो। सार्वजनिक यातायातमा विभिन्न व्यक्तिहरूको समूह बनाएर लुट्नेको संख्या बढ्दै गएको हो।

यस्ता समूहले योजनावद्ध ढंगले कसैले भीड गर्ने, कसैले घचेट्ने तथा कसैले रकम तथा गरगहना चोर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। पीडितले थाहा पाएमा पाकेटमारले रकम भुइमा झार्ने र पीडितलाई पैसा झरेछ भन्ने गरेको समेत अनुसन्धानमा खुलेको छ। यसरी, पकेट मार्नु त राजधानीमा सामान्य नै भइसक्यो तर, पकेटमार पक्राउ परेपछि छुटाउनलाई उनका समूहले प्रहरीलाई घुससम्म दिन तयार हुने तथ्य खुलेको छ।

सार्वजनिक यातायातमा यात्रुबाट पैसा तथा गरगहना चेरी गर्ने काभ्रे धुलिखेल घर भई हाल ललितपुर ग्वार्को बस्दै आएका २४ वर्षीय विवेक लामासहितको टोलिलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई बुधबार महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो।

कोटेश्वरबाट चाबहिलतर्फ जाँदै गरेको सार्वजनिक यातायातमा यात्रा गरिरहेका सरोज कार्कीको ७५ हजार लुट्ने उनको समूहलाई प्रहरीले पक्राउ गरेको थियो। उनलाई प्रकाउ गरेपछि प्रहरीले सार्वजनिक यातायातमा यस्तो समूह सक्रिय रहेको खुल्नमा आएको प्रहरीले जनाएको छ।

उक्त समूहलाई पक्राउ गरेपछि छुटाउन घुस दिन खोज्नेलाई समेत प्रहरीले पक्राउ गरेको छ। आफ्ना श्रीमान विवेकलाई छुटाउन उनकी श्रीमती शर्मिला तामाङले प्रहरीलाई घुस दिन खोजेको प्रहरीले जनाएको छ। उनले आफ्ना श्रीमान छुटाउन ३ लाख २४ हजार घुस दिन खोजेको प्रहरीले जनाएको छ।

लामाकी श्रीमतीले प्रहरीलाई आर्थिक प्रलोभन देखाएर अनुसन्धान प्रभावित बनाई आफ्नो श्रीमान छुटाउने र प्रहरीलाई नै षड्यन्त्र गरी फसाउने योजनाका साथ घुस दिन खोज्न शर्मिलालाई समे प्रहरीले पक्राउ गरेको छ। उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाही प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.