|

काठमाडौं :  केही समयपछि नेपाली नम्बर प्लेटको बुलेटले पेट्रोलियम ढुवानी गर्ने भएका छन्। केही समयमै नेपाली बुलेट गाडी भारतीय डिपोमा गई ग्यास लोड गरेर नेपाली डिपोसम्म आउने भएका हुन्।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले छिट्टै नेपाली नम्बर प्लेटका बुलेट सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए। विश्व व्यापार संगठन (डब्लुटीओ) को अनौपचारिक मन्त्रीस्तरीय बैठकमा सहभागी भएर बिहीबार नेपाल फर्किएका मन्त्री यादवले त्रिभुवन विमानस्थलमा बुलेट समस्या समाधान गर्न आफूले आवश्यक पहल गर्न सुरु गरेको जानकारी दिए।

भारत भ्रमणका क्रममा मन्त्री यादवले भारतीय पेट्रालियममन्त्री धर्मेन्द्र प्रधानसँग भेट गरी बुलेट सञ्चालनका विषयमा ध्यानाकर्षण गरेको बताए। 'नेपाली नम्बर प्लेटको बुलेट सञ्चालनका लागि भारतीय पेट्रोलियम मन्त्री प्रधानसँग गहन रूपमा छलफल गरेको छु',मन्त्री यादवले भने, 'उहाँ पनि सकारात्मक हुनुहुन्छ। कानुनी अडचन हटाउन उहाँले तत्कालै सचिवलाई बोलाएर निर्देशन दिनुभएको थियो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.