काठमाडौं : सुख्खा मौसम सुरु भएसँगै डढेलोले अवस्था भयावह बनदै गएको छ। गत चैत ४ गते मौ तराई क्षेत्रमा एक सय २५ ठाउँमा डढेलो सल्कियो। त्यस दिन बारामा २०, पर्सामा १८ र चितवनमा १५ ठाउँमा डढेलो लागेको थियो। वन विभागको रेकर्डअनुसार २०५९ वैशाख ११ गते नेपालमा एकै दिन एक सय ४१ स्थानमा डढेलो लागेको थियो।
हिजोआज दैनिकजसो डढेलो लाग्ने गरेको छ। डढेलोले अर्बौँको क्षति पुर्याएको रेकर्ड प्रहरीसँग छ तर कुनै तथ्यांक भने छैन। नासाको रेकर्डअनुसार डढेलो अधिकांश ठाउँमा दिउँसै लाग्ने गरेको छ। नासाको रेकर्डलाई हेर्दा एक सातायता मात्र दक्षिण एसियामा ८७ हजार एक सय ५५ ठाउँमा डढेलो लागेको छ।
वन मन्त्रालयले वार्षिक करोडौं र सामुदायिक वन समूहले आम्दानीमध्ये २५ प्रतिशत रकम वन विकास र डढेलो नियन्त्रणमा खर्चिने पनि नतिजामा सुधार आएको छैन। वन विभागले चैत १ देखि ७ गतेसम्मलाई डढेलो नियन्त्रण सप्ताह मनाए पनि औपचारिकता मात्र भएको छ।
‘आगो लगाउनेको सूचना पाइँदैन, पहिचानान खुल्दैन, सुराकी दिँदैन। त्यसैले पनि तय भएका डढेलोसम्बन्धी नीति कार्यान्वयन गर्न समस्या भएको छ’, महाशाखा प्रमुख राजेन्द्र न्यौपानेले बताए। वन ऐन २०४९ ले आगो लगाउनेलाई १० हजार जरिवाना र एक वर्ष कैद सजाय तोकेको छ। तर आजसम्म डढेलो लगाउनेविरुद्ध मुद्दा दर्ता हुन सकेको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।