|

काठमाडौ :  कर्णाली प्रदेशमा उद्योगधन्दा खोल्दा पहिलो दुई वर्ष  कुनै पनि कर नलाग्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले घोषणा गरेका छन्।

मन्त्री शाहीले कर्णाली प्रदेशमा लगानी गर्न आह्वान गर्दै पर्यटन कृषि तथा अन्य उद्योग खोल्नका लागि कर नलाग्ने घोषणा गरेका हुन्।  ‘कर्णाली प्रदेशमा अब आत्मनिर्भर बनाउने अभियानमा सबै निजी क्षेत्रको साथ खोजेका छौं’ सहकार्य गरेर अगाडि बढ्ने हो’, मन्त्री शाहीले भने।

रारामा बोटिङ सञ्चालन गर्न चाहने पयटन व्यवसायीलाई समेत खुला गर्ने घोषणा समेत मन्त्री शाही गरे। कर्णाली प्रदेशमा प्याराग्लाइडिङ, र्‍याफ्टिङ, होटल र रेस्टुरा तथा ठूलो होटल खोल्नका लागि आवश्यक नीतिनियम बनाउने र लगानीकर्तालाई सहज बनाउने मन्त्री शाहीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.