|

जनकपुरधाम : प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले संघीयता लागू भएर देशमा विकास निर्माणको कामहरु दु्रत गतिमा अघि बढ्न लागेकोले पुराना अधुरा गर्न बाँकी रहेका कामहरुलाई पूर्णता दिएर देश विकासमा सहयोग गर्न निर्माण व्यवसायीसँग आग्रह गरेका छन्।

प्रदेश-२ को निर्माण व्यवसायी महासंघको कार्यालय समुद्घाटन समारोहमा मुख्यमन्त्री राउतले सरकारले निकालेको टेन्डरभन्दा कम रकममा गएर टेन्डर स्वीकार गर्ने र काम वर्षौं वर्षसम्म अधुरो छाड्ने तथा कामै नगरी भाग्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने चेतावनी दिएका छन्।

मुख्यमन्त्री राउतले प्रदेश–२ को कानुन निर्माण गर्ने क्रममा सरकार रहेकोले अब कम रकममा टेन्डर स्वीकार गर्ने तर गुणस्तरीय काम तथा समयमा पूरा नगर्ने निर्माण व्यवसायीलाई कानुनी उपाय खोज्ने बताए। उनले देश निर्माणको क्रममा रहेकोले क्वालिटी कम्परमाइज गरेर कुनै पनि संरचना निर्माण भए सरकारलाई मान्य नहुने तथा प्रदेश-२ मा त्यस्ता निर्माण व्यवसायीलाई खुट्टासमेत टेक्न नदिने बताए।

प्रदेश–२ का निर्माण व्यवसायी महासंघका अध्यक्ष सुरेन्द्र कुमार चौधरी (मुन्ना)को अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद परमेश्वर साहले कुनै पनि विकास निर्माणको कार्य जनताको जीवनसँग जोडिएकोले जनतासमेत चनाखो हुनुपर्नेमा जोड दिए। साथै उनले जनकपुरमा स्थापना हुन लागेको श्रम विभागको कार्यालय सार्ने तयारीको विरोध गरे।

यसैगरी, कार्यक्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले देश अब निर्माणको युग प्रवेश गरिसकेकोले निर्माण व्यवसायीहरुले आफ्नो जिम्मेवारी बोध गरेर अघि बढ्न आग्रह गरे। कार्यक्रममा जनकपुर उप–महानगरपालिका प्रमुख लालकिशोर साह, उद्योग वाणिज्य महासंघ प्रदेश नं. २ का प्रमुख शिवशंकर साह (हिरा)लगायतले धारया व्यक्त गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.