|

काठमाडौं :  देशका उच्च पदाधिकारीलाई गाडीको चरम समस्या भइरहेको अवस्थामा मुलुकको प्रमुख प्रशासिनक निकाय सिंहदरबारभित्र भने तीन सयभन्दा बढी गाडी मर्मतबिनै थन्किएका छन्। सरकारले सामान्य रुपमा बिग्रिए पनि समयमै मर्मत गर्न नसक्दा अर्बों मुल्यका गाडी प्रतिदिन थन्किँदै गएका हुन्।

सिंहदबारभित्र विभिन्न मन्त्रालयनजिक तथा ग्यारेजमा गरी तीन सयभन्दा बढी गाडी बिग्रिएपछि अलपत्र राखिएको गृह मन्त्रालयले जनाएको छ। केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग गरेको छलफल कार्यक्रममा सबैजसो मुख्यमन्त्रीले प्रदेशले भोग्नु परेका मुख्य समस्यामा गाडीको समस्यासमेत रहेको भन्दै तत्काल पूर्ति गर्न माग गरेका थिए। प्रदेशमा गाडीको चरम समस्या भइरहे पनि केन्द्रले सयौ. गाडी मर्मत गरेर पठाउनेबारे कुनै गृहकार्य अघि बढाउन सकेको छैन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.