|

सिमकोट : जिल्ला वन पञ्चवर्यीय योजनामा निर्धारण गरिएको कोटाभन्दा बढीको जडीबुटी निकासी रोकिएको छ। चालु आर्थिक वर्षका लागि ५०० क्विन्टल मात्र जटामसी निकासी गर्न सकिने योजनामा उल्लेख भएका कारण त्यसबाहेकका जडीबुटी जिल्लामै थन्किएको हो।

गत वर्ष नै संकलन भएर जिल्लाबाहिर निकासी हुन नसकेको ७०० क्विन्टल जटामसी यतिखेर जिल्लाका विभिन्न भागमा अलपत्र अवस्थामा रहेको जडीबुटी व्यापारी संघका अध्यक्ष रामाबहादुर भण्डारीले बताए। यसबाट जडीबुटी व्यापारीहरुको चार करोड ५५ लाख आर्थिक कारोबार रोकिएको उनले बताए।

जिल्लाका सिमकोट, खार्पुनाथ, दोजाम, राया, थाली र सर्किदेउमा जटामसी थन्किएको अध्यक्ष भण्डारीले बताए। हुम्ला जिल्लामा पाइने जटामसीको प्रतिकेजी ६५० रुपैयाँ मूल्य पर्ने गरेको छ।

जिल्लाबाट निकासी हुने मात्रा कम भएकाले जडीबुटी जिल्लामै थन्किँदा वन कार्यालयलाई १४ लाख र गाउँपालिकालाई १० लाख ५० हजार रुपैयाँ राजस्व घाटा लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.