|

हेटौँडा : साहित्यकार तथा लेखक ह्याग्रीब आचार्यद्वारा लिखित पुस्तक ‘कलानाथ अधिकारीः व्यक्ति र कृति’ आइतबार हेटौँडामा लोकार्पण गरिएको छ। वरिष्ठ साहित्यकार तुल्सी थापा, कलानाथ अधिकारी स्मृति प्रतिष्ठान नेपालकी संरक्षक विश्वकान्ति कलावती सुमार्गी, अध्यक्ष अरुणराज सुमार्गी र लेखक आचार्यले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।

कवि, गायक तथा राजनितिकर्मी कलानाथ अधिकारीको २०औँ स्मृति दिवसको अवसरमा भएको कार्यक्रममा दुई जनालाई सम्मानसमेत गरिएको थियो। कार्यक्रममा वर्ष २०७३ को कलानाथ अधिकारी सम्मान डा. नारायणप्रसाद खनाल र २०७४ को कलानाथ अधिकारी सम्मान बाबुराम पाण्डेलाई प्रदान गरिएको थियो। 

नगद ११ हजार एक सय ११ सहित सम्मानपत्रले खनाल र पाण्डेलाई प्रमुख अतिथि थापा र स्व कलानाथ अधिकारीकी छोरी एवं प्रतिष्ठानकी संरक्षक विश्वकान्ती कलावतीले संयुक्त रूपमा सम्मान गरेका थिए। कार्यक्रममा साहित्यकार रमेशमोहन अधिकारीले पुस्तकको समीक्षाका साथै कलानाथ अधिकारीको साहित्यिक योगदानबारे चर्चा गरेका थिए। 
प्रतिष्ठानका अध्यक्ष अरुणराज सुमार्गीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका सदस्य जज अधिकारी, सम्मानित पाण्डे र खनाललगायतले मन्तव्य राखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.