|

काठमाडौं : सरकारसंग पर्याप्त मन्त्रीक्वार्टर नहुँदा मन्त्रीहरुलाई बासको निकै समस्या पर्ने गरेको छ। हरेक सरकार गठन भएपछि बन्ने मन्त्रीले कोठा खोज्नका लागि निकै सास्ती खेप्ने गरेका छन्। ललितपुरको पुल्चोकमा अहिले १८ खोटा मन्त्रीक्वार्टर रहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद् हाल २२ सदस्यीय छ । अहिलेसम्म १९ जना मन्त्रीले सरकारी क्वार्टर प्राप्त गरेका छन् भने बाँकी दुई जना मन्त्रीले क्वार्टर पाउन सकेका छैनन्।

पुल्चोकमा रहका एउटै मोडलका १५ वटा भवन पनि भारत सरकारको सहयोगमा २०२६ सालमा निर्माण भएको तथ्यफेला परेको छ। भवन निर्माण सम्भार डिभिजन प्रमुख अम्बादत्त जोशीले यसको पुष्टि गर्दै बाँकी ४ वटा भवनचाहिँ तत्कालिन सरकारले २०५२ सालमा बनाएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.