|

काठमाडौं : विद्यालय समयमा आफ्ना छोराछोरीले कति पानी पिए? दिनभरिमा कति पिसबा गरे? भन्ने जानकारी अभिभावकले थाहा पाउनुपर्ने भएको छ।

जबसम्म विद्यालयमा जाने छोराछोरी बिरामी हुँदैनन्। तबसम्म अभिभावकलाई यसबारे जानकारी हुँदैन। तर चिकित्सकले विद्यालय जाने छोराछोरीको दिनचर्या र उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अभिभावकलाई सुझाव दिएका छन्। विद्यालयमा अध्ययन गर्ने बालबालिकामा मिर्गौलाको समस्या बढी देखिएको भन्दै चिकित्सकले यस्तो सल्लाह दिएका हुन्।

निजी विद्यालयमा अध्ययन गर्ने ६ देखि १० वर्ष उमेर समूहका बालबालिकामा पिसाबको बढी समस्या देखिएको काठमाडौं मेडिकल कलेजका डा. सुनीलराज मानन्धरले जानकारी दिए। उनका अनुसार बालबालिकालाई पिसाब लागेको ३० मिनेटभिब गराइसक्नुपर्छ।

कतिपय बोर्डिङ स्कुलले जनमानसमा राम्रो देखाउने नाममा विद्यार्थीलाई टिफिन समयअघि निस्किन नदिने हुँदा बालबालिकामा स्वास्थ्य समस्या देखिएको उनले बताए।

बिरामी भएर उपचारमा आएका स्कुले विद्यार्थीले समयमा पिसाब फेर्न नपाउने भएकाले विद्यालय समयमा कम पानी पिउने गरेको बताउने गरेको चिकित्सकको भनाइ छ। ‘सरकारीमा भन्दा निजी स्कुलमा अध्ययन गर्ने बालबालिकाको स्वास्थ्यमा समस्या धेरै देखिएको छ। उनीहरूमा देखिएको स्वास्थयको प्रमुख समस्या भनेकै मिर्गौला र पिसाबको हो।

बालरोग विशेषज्ञ डा. बाबुराम मरासिनीले भने, ‘निजी विद्यालयले विद्यार्थीलाई बाहिर निस्किन कडाइ गर्ने गरेको पाइन्छ। त्यसैले उनीहरूमा पिसाबको संक्रमण र मिर्गौलामा समस्या भएको पाइयो।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.