|

जनकपुरधाम : प्रदेश-२ को प्रदेशसभा बैठकबाट आर्थिक कार्यविधि विधेयक सर्वसहमतिले पास भएको  छ। सोमबारको बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले पेस गरेको आर्थिक विधेयक सर्वसहमतिले पास भएको हो।

सरकारले ६ चैतमा दर्ता गराएको आर्थिक कायविधि विधेयकमाथि सोमबार छलफल हुने जनाइए पनि विधेयक पेस मात्र हुन सक्यो। आर्थिक विधेयकमा चार महिनाका लागि खाका तयार पारिएको छ।

कार्यविधिमा प्रदेश सरकारको चार महिनाको खर्च गर्ने अधिकार र त्योसँग सम्बन्धित नियम सर्त समेटिएको छ। विधेयकमा मुख्यमन्त्री, मन्त्री र प्रदेश सांसदको तलब भत्ताको सिलिङसमेत तोकिएको छ।

प्रदेश सरकारको बैंक खाता सञ्चालन, आर्थिक आम्दानीको स्रोत र आर्थिक गतिविधि गर्दा अपनाइने विधि कायविधिहरु समेटिएको छ। प्रदेश सरकारले ६ चैतमै प्रदेश सभाको सचिवालयमा आर्थिक कार्यविधि विधेयक दर्ता गरेको थियो। विधेयकउपर छलफलका लागि पुनः मंगलबार दिउँसो १ बजेको लागि बैठक बोलाइएको थियो।

आर्थिक कार्यविधि विधेयक पेसको क्रममा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता रामचन्द्र मण्डलले विधेयक अध्ययनको समय माग गरेसँगै सभामुख सरोजकुमार यादवले संसद् बैठक स्थगित गरिएको घोषणा गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.