|

काठमाडौं : भन्सारमा जाँचपास कडा गरिएपछि व्यापारीले भारतीय भूमिमा सामान रोकेर 'ड्यामरेज'(विलम्ब शुल्क) तिर्न थालेका छन्। भाडाका कन्टेनरमा सामान ल्याउँदा निश्चित दिनभन्दा बढी समयसम्म कन्टेनर फिर्ता नपठाउँदा विलम्ब शुल्क लाग्ने गछृ।

तेस्रो मुलुकबाट नेपाल आउने कन्टेनर कोलकाता र विशाखापटनम् नाकाबाट सडकको बाटो भए नेपाल आउँछ। सामान मगाउँदा ट्रान्सपोर्ट कम्पनीले कन्टेनर २१ दिनभित्र बन्दरगाहमा पुगिसक्नुपर्छ। निर्धारित समयमा कन्टेनर बन्दरगाह नपुग्दा एक दिनको १२ हजार रुपैयाँसम्म ड्यामरेज लाग्ने गरेको मोरङ उद्योग वाणिज्य संघका पवनकुमार शारदाले बताए।

सामानको मूल्य सन्दर्भ मूल्यभन्दा कम भए सन्दर्भ मूल्यका आधारमा भन्सार गर्न अर्थमन्त्री डा. युवराज खतिवडाले निर्देशन दिएपछि व्यपारीले भारतीय भूमिमै गाडी रोक्दै आएका छन्। ‘हामीले आवश्यक सामान मात्र भन्सार गरेर नेपाल ल्याएका छौँ’, अध्यक्ष शारदाले भने, विराटनगरबाट मात्र करोडौं रुपैयाँ ड्यामरेज डिटेन्सन तिर्नुपर्ने अवस्था आयो।’

भन्सार मूल्यांकन चित्त नबुझे धरौटीमा सामान छुटाएर भन्सार विभागमा मूल्यांक पुनरावलोकन गर्नसक्ने कानुनी व्यवस्था छ। धेरै व्यापारी पुनरावलोकन प्रक्रियामा जान नचाहेको विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.