|

काठमाडौं : कृषिप्रधान मुलुक भनिने नेपालले पछिल्लो ७ महिनामा १७ अर्ब रुपैया बराबरको चामल आयत गरेको छ। स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयातको ग्राफ बढ्दै गएको हो।

यद्यपी, मुलुकबाट धान निर्यात भएर पुनः चामलको रुपमा नेपाल भित्रिने गरेको जानकारहरु बताउँछन्। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङकअनुसार चालू आर्थिक वर्षको ७ महिनामा १७ अर्ब २३ करोड ८५ लाख ३६ हजार रुपैया बराबरको चामल आयात भएको हो।  

अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले चामल आयात बढेको हो। गत वर्षको सोही अवधिमा १४ अर्ब ३५ करोड ३७ लाख ९३ हजार रुपैयाँको चामल आयात भएको थियो। केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले स्वदेशमै उत्पादनको सम्भावना भएको वस्तुको पर्याप्त उत्पादन नुहँदा आयात गर्नुपरेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.