|

काठमाडौं : नेपाल पत्रकार महासंघले पूर्व अध्यक्षहरूलाई सम्मान गरेको छ। महासंघको ६३औँ स्थापना दिवसको अवसरमा शुक्रबार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको हो।

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सम्मानित पूर्व अध्यक्षहरूलाई सम्मान गरेका हुन्।

महासंघका पूर्वअध्यक्षहरू होमनाथ दाहाल, हरिहर विरही, किशोर नेपाल, डा. सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, विष्णु निष्ठुरी, शिव गाउँले र डा. महेन्द्र विष्टलाई सम्मान गरिएको हो।

सम्मान कार्यक्रममा सभामुख महराले संघीय लोकतन्त्रको रक्षा र सही प्रयोगमा पत्रकारको दायित्व हुने बताएका थिए। उनले प्राप्त उपलब्धीहरूलाई कार्यान्वयन गर्दै समृद्ध राष्ट्र निर्माणमा लाग्न पत्रकारलाई आग्रह गरेका थिए।

महासंघका अध्यक्ष गोविन्द आचार्यले आफ्नो क्षेत्रबाट अग्रणी भूमिका निर्वाह गरेको भन्दै पूर्व अध्यक्षहरूको प्रशंसा गरेका थिए। पत्रकारितामा अवसर र समस्याहरू रहेको भन्दै उनले समस्या समाधानका लागि महासंघ सधै क्रियाशिल रहने बताए।

सम्मानित पूर्वअध्यक्ष हरिहर विरहीले प्रेस स्वतन्त्रता सम्बन्धी संविधानमा भएका व्यवस्थालाई कार्यान्वयनमा ल्याउन सक्रिय र संगठीत भएर लाग्न पत्रकारलाई आग्रह गरेका थिए। उनले पत्रकारको क्षमता अभिवृद्धि तथा पत्रकारको आचरण सुधारमा महासंघले ध्यान दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा महासंघद्वारा प्रकाशित पत्रकारिताको लोकार्पण गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.