|

जाजरकोट : छेडागाड नगरपालिकालाई बालमैत्री बनाउन जनप्रतिनिधिहरुले १६ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन्। ‘बालअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय–अन्तर्राष्ट्रिय व्यवस्था र स्थानीय सरकारको भूमिका’ विषयक दुई दिने अभिमुखीकरणको समापन कार्यक्रममा जनप्रतिनिधिहरुले  प्रतिबद्धता जाहेर गरेका हुन्।

नगरपालिकाभित्रका बालबालिकाको समृद्ध भविष्य निर्माण गर्न तथा बाल विकासमा लगानी वृद्धि गरी बालमैत्री वातावरणको निर्माण गर्न १६ बुँदे प्रतिबद्धता जाहेर गरिएको बताइएको छ।

जनप्रतिनिधिद्वारा जाहेर गरिएको प्रतिवद्धतामा नगरपालिकाभित्र जोखिममा रहेका बालबालिकाहरुको तथ्यांक संकलन, विश्लेषण र अध्यावधिक गर्ने पद्धतिको स्थापना गर्ने, नगरपालिकाको योजना, नीति निर्माण प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिताको सुनिश्चित गर्नें, स्थानीय तहमा प्राप्त हुने कुल पुँजीगत अनुदानको कम्तिमा १० प्रतिशत बजेट बालबालिकालाई प्रत्यक्ष फाइदा पुग्ने योजना तथा कार्यक्रमहरुमा विनियोजन गरी प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्ने भनिएको छ।

प्रतविद्धतामा बालमैत्री स्थानीय शासन अवलम्बन गर्दै नगरपालिका अन्तर्गतका वडाहरुलाई बालबिवाह मुक्त, अनिवार्य तथा नि:शुल्क आधारभूत शिक्षा, पूर्णखोप, पूर्ण जन्मदर्ता, पूर्ण साक्षरलगायतका बालमैत्री स्थानीय शासनका सूचक पूरा गरी बालमैत्री वडा घोषणा गर्ने उल्लेख गरिएको छ। यस्तै बालबालिकामा हुने सबै प्रकारका हिंसा, दुर्व्यवहार, शोषण अन्त्यका लागि बाल संवेदनशील नीति तथा योजना निर्माण र कार्यान्वयन गर्दै वडा तथा नगरलाई बालमैत्री बनाउने लगायतका १६ बुँदे लिखित प्रतिवद्धता जारी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.