|

काठमाडौं : काठमाडौंको बालाजुस्थित बाइसधारामा  शनिबार मेला लागेको छ। मेला हरेक वर्ष चैत शुक्ल पूर्णिमा लाग्ने गर्दछ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीले संयुक्त रुपमा आस्थाका साथ मनाउने यो मेलामा बाइसवटै धारामा नुहाउनाले मुक्तिनाथ तथा गोसाईकुण्डमा स्नान गरे बराबरको पूण्य प्राप्त हुने जनविश्वास छ। स्नानका लागि  बिहानैदेखि भक्तजनहरु बाइसधारा पुगेका थिए।

मल्ल राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए। पछि अर्का मल्ल राजा जयस्थिति मल्लले एउटा धारा थपेर २२ बनाएका हुन्। चैत शुक्ल पूर्णिमा बाइसधारामा स्नान गरेमा लुतो, खटिराजस्ता चर्म रोग हराउने विश्वास छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.