|

पाँचथर : पाँचथरमा एक महिलालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा वडा सदस्य पक्राउ परेका छन्। फालेलुङ गाउँपालिका–६ का सदस्य कमल गुरुङ पक्राउ परेका हुन्। पीडित महिलाले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनी विरुद्ध जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेर म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विज्ञान बस्नेतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.