|
फाइल तस्बिर

काठमाडौं : केन्द्र र प्रदेशमा गरी देशमा छ दर्जन मन्त्री नियुक्त भइसकेका छन्। अझै कम्तीमा १७ मन्त्री थपिँदै छन्। नेताको व्यवस्थापन गर्न सरकारी सेवा–सुविधा पाउने संसदीय समिति बढाउने योजनामा पनि दलहरू छन्।

संविधानको व्यवस्थाअनुसार केन्द्र सरकारको मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय हुनेछ। प्रधानमन्त्रीसहित २२ सदस्य नियुक्त भइसकेका छन्। प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएपछि तीन मन्त्री थप्ने तयारी छ। संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा सहभागी गराउन ओलीले पहल गरिरहेका छन्।

सबै प्रदेश सरकारले पनि पूर्णता पाएका छैनन्। सात प्रदेशमा अहिलेसम्म ४९ मन्त्री नियुक्त भइसकेका छन्। १४ मन्त्री अझै थपिँदै छन्। केन्द्र र प्रदेश गरी हालसम्म ७१ मन्त्री नियुक्त भइसकेका छन्।

सरकारमा समेट्न नसकेका नेताहरूको व्यवस्थापनका लागि धेरै संसदीय समिति बनाउने सत्तारुढ दलहरूको योजना छ। संघीय संसद्मा १४ र सात वटै प्रदेशसभाका गरी ३५ संसदीय समिति बनाउने तयारी छ। प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा चार समिति बनाउने तयारी सुरु भएको छ। यसका लागि दुवै सभाका नियमावली मस्यौदा समितिले छलफल अघि बढाएका छन्। संसदीय समितिका सभापतिले राज्यमन्त्रीसरह सुविधा पाउने व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.