मोरङ–११ को विजयी यात्रा सुरु

|

सुनसरी : विराटनगरमा जारी विराट गोल्डकपमा अाइतबार संकटा क्लब र भारतको कोलकत्ता क्लबबीच हुँदैछ। शनिबारदेखि सुरु भएको विराट गोल्डकपको पहिलो खेलामा मोरङ–११ ले विजयी यात्रा सुरुवात गरेको छ।

स्थानीय शहीद रंगशालमा आइतबार राति सम्पन्न उदघाटन खेलमा भुटानको थिम्पु फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मोरङले विजयी यात्रा सुरु गरेको हो। मोरङका लागि भुवन बस्नेत र निशान लिम्बुले गोल गरे। दुवै गोल खेलको मध्यान्तरपछि भएको थियो। मध्यन्तरअघि मोरङले पूरै अवधि भुटानलाई दबाबमा राखे पनि गोल गर्न सकेन। मोरङका खेलाडीहरुको पटक–पटकको प्रहार गोलमा परिणत हुन नसकेपछि मध्यान्तरसम्म खेल गोल रहित भयो।

खेलको ६०औँ मिनेटमा मोरङका खेलाडी भुवन बस्नेतले निशान लिम्बुको पासमा गोल गदै टिमलाई अग्रता दिलाएका थिए। बस्नेतले भुटानका गोलकिपर नग्वान टासीबाट रिबाउण्ड भएको बललाई गोलमा परिणत गरे। खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा निसानले गोल गरेपपछि थिम्पु फुटबल क्लब २–० गोलले पराजित भयो। प्रतियोगिताका म्यानअफ द म्याच निसान घोषित भए। उनले उपाधिसँगै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। 

प्रतियोगितामा थिम्पु फुटबल क्लब र भारतको मोहम्डन स्पोर्टिङ क्लब कलकत्तासहित नेपालका मनाङ मर्स्याङदी, सशस्त्र प्रहरीको एपीएफ क्लब, थ्री स्टार, नेपाल पुलिस क्बल, नेपाल आर्मी क्लब, संकटा क्लब, झापा–११ र मोरङ–११ को सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १२ लाख ७१ हजार र उपविजेतालाई ५ लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। मोफसलमा पहिलो पटक आयोजना गरिएको रात्रिकालीन प्रतियोगिताको फुटबल प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए।

अपर्याप्त लाइट 

मोफसलमा पहिलो पटक आयोजना गरिएको रात्रिकालीन फुटबल प्रतियोगितामा पर्याप्त लाइट नपुगेको देखिन्थ्यो। कमजोर लाइटका कारण खेलाडीको जर्सी समेत प्रष्ट नदेखिएपछि दोस्रो हाफमा भुटानको तर्फबाट एउटा खेलाडीको ठाउँमा अर्को खेलाडी खेलेको रेफ्रीले पत्तो नै पाएनन्। खेलको ७५औं मिनेटमा भुटानका एन्तेन थिंग्जेको ठाउँमा लोडे जर्मी खेलेको ३० मिनेटपछि मात्र मुख्य रेफ्री श्याम दनुवारले पत्तो पाएका थिए।

फ्लड लाइट पर्याप्त नहुँदा रेफ्री र फोर्थ अफिसियलबीच तालमेल अभाव देखिन्थ्यो। आयोजक समितिका अध्यक्ष नवीन रिजालले पहिलो प्रयास भएकाले पर्याप्त लाइट नपुगेको स्वीकार गरे। उनले आइतबारदेखि कमीकमजोरी सच्याउँदै अघि बढ्ने बताएका छन्।

प्रतियोगिताको लागि ३५ लाख रुपैयाँ खर्च गरेर फल्डलाइट जडान गरिएको आयोजकले बताएका छन्। खेल दिउँसो र राति हुने भएपछि त्यसका लागि रंगशालामा ३६ हजार वाट क्षमताको फ्लडलाइट जडान गरिएको छ। छ वटा पोलमा लाइट जडान गरिएका छन्। प्रत्येक पोलमा कम्तीमा २० वटा बत्ती भएपनि पर्याप्त प्रकाश पुगेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.