|

रौतहट : राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य अनिल झाले सम्मानजनक स्थान पाए मात्र राजपा नेपाल सरकारमा जाने बताएका छन्। रौतहटको चन्द्रनिगाहपुरमा सञ्चारकर्मी भेटघाटमा अध्यक्ष मण्डल झाले यस्तो बताएका हुन्।

अहिलेसम्मकै सबैभन्दा शक्तिशाली प्रधानमन्त्री के पी शर्मा ओलीले मधेसको मुद्दाको लागि संविधान संशोधन र राजपालाई सम्मानजनक स्थान दिने ग्यारेन्टी गरे राजपा सरकारमा जान तयार रहेको नेता झाले बताए।

सरकारमा जानु नै मधेसको समस्याको समाधान नभएकोले संविधान संशोधन नै राजपाको मुख्य एजेन्डा भएको नेता झाले बताए। उनले आउँदो चैत २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणलाई इंगित गर्दै भने, ‘नेपाल भारतबीच रहेका १९५० को असमान सन्धिको खारेजीलगायतका विषयमा के गर्नुहुन्छ भन्ने कुरा अत्यन्तै सूक्ष्म तरिकाले हेरिरहेका छौँ।’

नेता झाले थपे, ‘प्रधानमन्त्रीज्यूको भारत भ्रमण हामी अत्यन्तै सूक्ष्म तरिकाले हेरिरहेका छौँ, दुई देश बीचका असमान सन्धि, सिमावर्ती क्षेत्रमा एकलौटी रुपमा भारतीय पक्षबाट निर्माण गरिएको बाँधलगायतका विषयमा के हुन्छ हामी हेरिरहेका छौँ।’

राष्ट्रवादी एवं भारतविरोधी नारा दिएर मत ल्याएको सरकारले भारत भ्रमणमा जाँदा ती विषयहरु कसरी उठान गर्छ त्यो कुरा आपूmहरुले हेरिरहेको उनले बताए। १९५० को असमान सन्धि, सीमावर्ती क्षेत्रमा निर्माण गरिएका बाँध, भारु सटहीलगायतका विषयमा यो सरकार कुन रुपमा छलफल गर्छ त्यो जनताले हेरिरहेको उनले बताए।

संसद झा गत शुक्रबार आएको असिनापानीले आफ्नै क्षेत्रको दुर्गाभगवती गाउँपालिकामा पुर्‍याएको क्षतिको अवस्था अवलोकन तथा निरीक्षण गर्न रौतहट आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.