|

काठमाडौं: नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ। सोमबार बसेको संचालक समितिको निर्णय अनुसार निगमले पेट्रोर र डिजेलमा दुई दुई रूपैयाँ मूल्य वृद्धिको निगमका निर्देशक विरेन्द्र गोइतले बताए। 

इन्डियन आयल क्रपोरेस आइओसीले मूल्य बढाएर पठाएको कारण वृद्धि गरेको गोइतले बताए। 'भारतबाट मूल्य बढेर आयो, स्वचालित मूल्यप्रणाली अनुसार हामीलेब ढाएका हौँ' गोइतले थाहाखबरसँग भने। 

सोमबार रातीदेखि कार्यन्वयन हुने पेट्रोलको मूल्य प्रतिलिटर १०५ र डिजेलको मुल्य ८५ रुपैयाँ रहनेछ। यसअघि पेट्रोल १०३ र डिजेल ८३ रुपैयाँ प्रतिलिटर बिक्री मूल्य तोकिएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.