|

काठमाडौं : अचम्म लाग्न सक्छ गोलाप्रथाबाट नै सांसदको पद जान्छ भन्दा। तर सत्य हो राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि गोलाप्रथाबाट दुई वर्षमै सकिन्छ।

संविधानको धारा ८६ मा राष्ट्रियसभाको गठन र सदस्यहरुको पदावधिसम्बन्धी व्यवस्था छ। यो धाराको उपधारा ३ मा लेखिएको छ, ‘यो संविधान प्रारम्भ भएपछि पहिलोपटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाद्वारा एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षको हुने गरी पदावधि कायम गरिनेछ।’

तर प्रतिनिधिसभाको कार्यकाल भने पाँच वर्षको हुनेछ। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त रूपलाई संघीय संसद भनिन्छ। प्रतिनिधिसभा तल्लाे  र राष्ट्रियसभा माथिल्लो संसद् हो। सरकारद्वारा मनाेनित राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले राष्ट्रियसभा नै स्थायी भएको र प्रतिनिधिसभालाई पनि निरानी गर्ने भएकाले यसको महत्त्व झनै बढेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.