|
फाइल फाेटाे

अछाम : स्थानीय महिलामा आएको जनजागरणसँगै जिल्लामा छाउपडी गोठ भत्काइदै छन्। मेल्लेख -७ नन्देगडामा महिलाकै सक्रियतामा यस्ता गोठ भत्काइएको छ । गाउँगाउँमा महिनावारी हुँदा बस्नका लागि घरदेखि टाढा एकान्तमा यस्ता गोठ देख्न सकिन्छ।

कतिपय गाउँका यस्ता गोठ भत्काइसकिएको छ भने कतिपय गाउँमा भत्काउनका लागि मतो मिलाउने काम भइरहेको छ। महिनावारी भएका बेला घरदेखि टाढा बस्नु ठिक नहुने निष्कर्षसहित निकाल्दै मेल्लेख गाउँपालिका ७ नन्देगडाको दुपाल्त टोलका महिलाले छाउपडी गोठ भत्काएका छन्।

बढी स्याहारसुसार चाहिनुपर्ने महिनावारीका बेला गोठमा बस्नुपर्दा ज्यानसमेत गुमाउने र विभिन्न खाले हिंसा सहनु परेकाले गाँउका यस्ता गोठ भत्काएर महिनावारीमा घरमै बस्न थालेको स्थानीय अगुवा पुतलीदेवी खत्रीले बताइन्। स्थानीय महिलाले सो मबार गाँउका सबै गोठ भत्काएको उनले जानकारी दिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.