|

चितवन : अज्ञात रोगका कारण चितवनको रत्ननगर नगरपालिका १५ माधवपुरको लामिछाने पोल्ट्री फर्मका तीह हजार पाँच लेयर्स कुखुरा मरेका छन्। एक सातामा यति धेरै कुखुरा मरेका हुन्। चैत १५ गतेबाट कुखुरा मर्न थालेको फर्मका सञ्चालक द्रोणप्रसाद लामिछानेले जानकारी दिए।

कुखुरामा के रोग लागेकाे भन्ने पहिचान भने भएको छैन। ‘एक्कासी कुखुरा झोक्राउँदै मरे’, लामिछानेले भने, ‘ल्यावमा १६, गते र २० गते नमुना पठाए पनि अहिलेसम्म केही जानकारी आएको छैन।’ लामिछानेका अनुसार फर्ममा बाँकी रहेका एक हजार छ सय कुखुरासमेत मर्ने अवस्थामा पुगेका छन्।

बिहीबार जिल्ला पशुसेवा कार्यालय चितवनले लामिछानेकाे कुखुरा फर्मको स्थलगत निरीक्षण गरेको छ। पशुसेवा कार्यालयका पशु चिकित्सक डा‍. विकास श्रेष्ठले कुखुराको मृत्युदर धेरै रहेकाले परीक्षणको रिपोर्ट नआएसम्म के रोगकाे भन्न नसकिने बताए। 

२० गते भरतपुर स्थित पंक्षीरोग अन्वेषण प्रयोगशालाबाट नमुना थप परीक्षणका लागि काठमाडौं पठाइएको श्रेष्ठले बताए। श्रेष्ठले वर्ड फ्लूसँग मिल्ने लक्षण भने नदेखिएको दाबी गरे।

अण्डा दिन थालेको ती महिना नहुँदै अचानक रोग लागेर कुखुरा मरेपछि अहिलेसम्म ४० लाखभन्दा बढी क्षति भएको जनाइएको छ। सुरुमै पशुसेवा कार्यालयलाई जानकारी दिँदा कुनै चासो नदिएको आरोप कुखुरापालक किसानको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.