|

काठमाडौं : लागु औषध गाँजासहित अमेरिकी नागरिक वुल्फ प्राइसलाई प्रहरीले पक्राउ गरेका छ। बुधबार काठमाडौंको बलम्बुस्थित एक घरबाट उनलाई प्रकाउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए। उनको साथबाट २०० ग्राम गाँजा र यौन उत्तेजित बनाउने औषधी समेत बरामद भएको थापाले बताए।

प्राइस तिनै व्यक्ति हुन् जससँग पोर्न स्टार बन्छु भनेर चर्चामा आएकी अर्चना पनेरुले विवाह गरेको चर्चा चलेको थियो। अर्चना र प्राइसले विवाहको पहिरनमा फोटो खिचाएर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।

प्राइस बस्दै आएको घरबाट १२ वर्षीय दुई बालकलाई पनि प्रहरीले उद्दार गरेको छ। उद्दार गरिएका दुवै बालक चितवनको खैरहनीबाट ल्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्राइसमाथि लागुऔषध मुद्दा दर्ता गरी थप छानबिन भइरहेको प्रवक्ता थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.