झापालाई हराउँदै आर्मी फाइनल प्रवेश

|

विराटनगर : विराटनगरमा जारी विराट गोल्डकपअन्तर्गत शनिबार दोस्रो सेमिफाइनल खेल हुँदैछ। शहीद रंगशालमा हुने खेलमा ए डिभिजन क्बल संकटा क्लब र थ्री स्टार क्लबबीच भिडन्त हुँदैछ।

यस्तै, शुक्रबार भएको खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब प्रतियोगिाको फाइनलमा प्रवेश गरेको छ। आर्मीले झापा ११ लाई १–० गोल अन्तरले हराउँदै फाइनलको यात्रा सुनिश्चित गरेको हो।

आर्मीको जितमा विमल पाण्डे नायक बने। खेलको ६८औं मिनेटमा कप्तान भरत खवासले प्रहार गरेको कर्नरलाई हेडमार्फत बायाँ बार च्याप्दै पाण्डेले पोस्ट जाली चुमाएका थिए। खेलको म्यान अफ दी म्याच भरत खवासले १० हजार नगद पुरस्कार पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.