|

काठमाडौं : कर्णाली पत्रकार समाज काठमाडौंको अध्यक्षमा भरतबन्धु थापा (दैलेख) चयन भएका छन्। कर्णाली प्रदेशबाट केन्द्रीय राजधानी काठमाडौं आई पत्रकारिता गरिरहेका पत्रकारहरुको शनिबार काठमाडौंमा भएको भेलाले थापालाई अध्यक्षमा चयन गरेको हो। भेलाले १५ सदस्यीय कार्य समिति चयन गरेको छ।

दैलेख क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रविन्द्रराज शर्माको उपस्थितिमा भएको उक्त भेलाले उपाध्यक्षमा डिल्ली पाण्डे(जुम्ला) महासचिवमा कमल न्यौपाने(सुर्खेत) कोषाध्यक्षमा रविन्द्र सुवेदी–दैलेख) सचिवमा महिलाबाट गीता थापा(सुर्खेत) लाई चयन गरेको छ।

यसैगरी, रामकुमार शाही-जाजरकोट), धनेन्द्र शाही (कालिकोट) संकल्प निर्मोही (मुगु) नन्दा बस्नेत (सुर्खेत) चिरञ्जीवी सापकोटा(सुर्खेत) लगायतलाई कार्य समिति सदस्यमा भेलाले चयन गरेको छ। समितिको सल्लाहकारमा (श्यामल) हरिहर अधिकारीको संयोजकत्वमा सूर्यमणि गौतम र नेत्र केसीलाई चयन गरेको महासचिव कमल न्यौपानेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.