|

काठमाडौं : साहित्यकार रामचन्द्र दाहाल संस्मरण ग्रन्थ ‘हाँडीघोप्टे’ लिएर आएका छन्। उनको संस्मरण ग्रन्थको साहित्यकारहरू रमेश खकुरेल, भुवनहरि सिग्देल, प्राडा माधव पोखरेल, मित्रलाल पंगेनी र शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेले सर्वनाम थिएटरमा सामूहिक लोकार्पण गरेका हुन्।

कवि रमेश खकुरेलले दाहालको 'हाँडीघोप्टे' आफ्नै आँखाले बारम्बार सडकमा देखेको पात्र जस्तो लागेको बताए। उनले उक्त पुस्तक भावी पुस्ताका लागि प्रेरणाको स्रोत हुने बताए।

कवि तथा साहित्यकार भुवनहरि सिग्देलले रचना गर्वको बारेमा बोल्दै ६०० पृष्ठको संस्मरण भित्रको 'हाँडीघोप्टे' खण्ड मात्र यस पुस्तकमा समावेश गरिएको बताए। दाहालको पुस्तकका पात्रहरूको यथार्थ जीवन बुझ्न घरमा बसेर हैन सडकमै सुतेर मात्र थाहा पाइने उनको भनाइ  थियो।

लेखक दाहालले पुस्तक तयार पार्ने क्रममा दुई वर्षसम्म सडकमा धेरै रात बिताएको बताएका थिए।

प्राडा माधवप्रसाद पोखरेलले दाहालको संस्मरण संग्रह कलमको मसिभन्दा बढी लेखकको आँसुले लेखिएको अनुभव भएको बताए। समीक्षक मित्रलाल पंगेनीले रामचन्द्र दाहालद्वारा लिखित 'हाँडीघोप्टे' चरम दुःख र जीवन संघर्षको सजीव चित्रण भएको बताए।

उनले पुस्तक अंशले जीवन बोध गर्ने पाठकलाई ठाउँठाउँमा रुवाउनेछ र यति विस्मयकारी, कथामा पनि नभेटिने, उपन्यास र फिल्ममा पनि नदेखिने घटना परिघटनाहरू पढ्दा  आङ नै जिरिङ्ग हुने बताए। सडक बालबालिका र सडकमा बौलाएर हिँडेका व्यक्तिहरूको यथार्थ जीवन बुझ्न चाहने पाठकका लागि 'हाँडीघोप्टे' महत्वपूर्ण पुस्तक बताए।

दाहालले २०३५ सालदेखि देखेका भोगेका कुराहरूलाई पुस्तकमा समेटेको बताए। ‘हाँडीघोप्टे’ शिखा बुक्सले प्रकाशन गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.