|

काठमाडौं : गायक शिव परियारको स्वर रहेको 'जितेर पनि हारमा छु' बोलको गीत सार्वजनिक भएको छ। सोमबार सार्वजनिक भएको यस गीत सुरेश वाग्लेको गीति एल्बम 'तिमी साथ भएपछि'मा समावेश छ। सुरेश यस गीतका गीतकार हुन् भने गीतमा हरी लम्सालको संगीत रहेको छ।

गीतमा सबै कुरा जितेर पनि मान्छे भित्री रूपमा दु:खित हुन्छ वा आफैँसँग हारिरहेको हुन्छ भन्ने परिवेश सम्झेर गीत लेखिएको गीतकार सुरेश वाग्लेले बताए। त्यस्तै, गायक शिव परियारले पनि गीतको शब्द तथा संगीत एकदमै राम्रो भन्दै यस गीतले पुरानो गजल गीतको ट्रेन पुन: स्थापित गर्ने बताए। उनले भने, 'धेरै पछि एक राम्रो गीत गाउने मौका पाएको छु। दर्शक-श्रोताले यस गीतलाई मन पराइदिनुहुन्छ भन्ने आशा छ।'  

शान थापाको निर्देशनमा तयार भएको यस गीतको भिडियोमा पुष्प खड्का र मरिष्का पोखरेल फिचरिङ छन्। गीतको शब्दअनुसारको भिडियो तयार गरिएको निर्देशक शान थापाले बताएका छन्। उनले भने, 'गीतको शब्द एकदमै राम्रो छ। त्यहीँ शब्दअनुसारको भिडियो बनाएको छु।' अर्जुन तिवारीले खिचेको यस भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

यस एल्बममा समावेश एक गीत 'तिमी साथ'लाई धेरै दर्शक-श्रोताले मन पराए छन्। बुद्ध लामाको स्वर रहेको उक्त गीत युट्युब ट्रेन्डिङको नम्बर एकमा पनि पर्न सफल थियो। हाल उक्त गीतले युट्युबमा ११ लाख बढीपटक हेरिएको छ।

हेर्नुस् भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.