|

काठमाडौं : फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’को पहिलो गीत सार्वजनिक गरिएको छ। मंगलबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक ‘तिम्रो हर सासमा’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ। देवल भण्डारीको शब्द रहेको गीतमा अन्जु पन्त र फिरोज बस्नेतको स्वर सुन्न सकिन्छ।

कविराज गहतराजको नृत्य निर्देशन रहेको भिडियोमा फिल्मका मुख्य दुई कलाकार मनीष श्रेष्ठ र मलिना जोशी फिचरिङ छन्। निकै सुन्दर लोकेसनमा छायाकन गरिएको भिडियोमा मनीष र मलिना रोमान्टिक अवतारमा देखिएका छन्।   

८ असारलाई आफ्नो प्रदर्शन मिति तय गरेको यस फिल्ममा मनीष र मलिनासँगै वर्षा सिवाकोटी र स्वरूप पुरुष ढकालको पनि मुख्य भूमिका छ। ‘बी एण्ड बी फिल्मस’को ब्‍यानरमा निर्माण भएको फिल्मलाई विकाश बस्यालले निर्देशन गरेका छन्।

मदन दवाडी प्रस्तुतकर्ता रहेको फिल्ममा डालचन्द्र दवाडी, हरिप्रसाद अधिकारीको लगानी रहेको छ। विना कार्की सहनिर्माता रहेको फिल्मका कार्यकारी निर्माता प्रकाश बास्कोटा हुन्। रामशरण उप्रेतीले खिचेको फिल्मलाई भूपेन्द्र अधिकारी र सलिक दुलालले सम्पादन गरेका छन्।

हेर्नुहोस् गीत:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.