|

काठमाडौं : चर्चित गायक तथा संगीतकार ताराप्रकाश लिम्बूको नयाँ देशभक्ति गीत रिलिज भएको छ। गीतकार मुकेश राईको गीती एल्बम मनोकांक्षा-२ मा समावेश 'मेरो प्यारो मेरो देश मेरो नेपाल' बोलको गीतमा तार प्रकाश स्वर तथा संगीत सुन्न सकिन्छ। गीतमा मुकेश राईको शब्द समावेश छन्। गीतमा देशभक्ति भाव व्यक्त गरिएको छ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा ताराप्रकाश आफैँ फिचरिङ छन्। देशभक्ति भावनालाई देखाइएको भिडियो नेपालका विभिन्न ऐतिहासिक स्थलहरूमा छायांकन गरिएको छ। भिडियोमा तारा प्रकाश देशभक्ति नेपालीको रूपमा प्रस्तुत छन्।

आफुले धेरै रोमान्टिक गाइसके पनि देशभक्ति गीत गाउने इच्छा भएका कारण यो गीत तयार गरेको तारा प्रकाश बताउँछन्। भन्छन्, 'मैले धेरै रोमान्टिक गीत गाएँ। तर पनि मनमा कताकता देशभक्ति गीत गाउने इच्छा सधैँ थियो। त्यसैले यो गीत गाए।' देशभक्ति भावनाको गीत भएकाले पनि यस गीतलाई दर्शक-श्रोताले पनि मन पराइदिने उनी बताउँछन्।

राजीप समरको नृत्य निर्देशन रहेको यस गीतको भिडियोमा सैरभ लामाको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.