|

सुनसरी : मोरङको बेलबारीमा बिहिबार राती ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन।

मृत्यु हुनेमा को १२ प ४६५९ नम्बरको मोटरसाइकल पछाडी सवार ताप्लेजुङ मैवाखोला गाउँपालिका ६ बस्ने १७ वर्षीय मिसेत लिम्बु रहेका छन्। लिम्बुको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। 

त्यस्तै घाइते हुनेमा मोटरसाइकलका चालक मोरङ सुन्दरहरैचा नगरपालिका १० बस्ने १६ वर्षिय पवन राई र पछाडी सवार २० वर्षीय संगित राई रहेका छन। दुबै घाइतेको सोही प्रतिष्ठानमा उपचार भइरहेको छ।

बिहिबार राति उनीहरु सवार को १२ प ४६५९ नम्बरको मोटरसाइकललाई बेलबारी नगरपालिका ३ पूर्व पश्चिम राजमार्गमा को १ त ९९१० नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो। ठक्कर दिने ट्रयाक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको पूर्व क्षेत्रिय प्रहरी कार्यलय इटहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.