|

रुसले सिरियाको अवस्थालाई लिएर अमेरिकासँग युद्ध हुनसक्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत बेसिली नेभेन्जियाले अमेरिकाले सिरियामा आक्रमण गरेमा अमेरिका र रुसीबीच युद्धको वातावरण बन्ने बताएका हुन्।

उनले अमेरिका र उसका सहयोगी राष्ट्रले आफ्नो आक्रामक नीतिका कारण अन्तर्राष्ट्रिय शान्ति खतरामा पारेको आरोप पनि लगाए। विद्यमान अवस्था निकै खतरनाक रहेको उनको भनाइ छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रो र ब्रिटेनका प्रधानमन्त्री टेरेजा मेसँग सम्पर्क गर्नसक्ने र विद्रोही नियन्त्रित सिरियाको क्षेत्रमा भएको रासायनिक आक्रमणको जवाफ कसरी दिने भन्नेमा छलफल गर्न सक्ने जनाइएको छ।

ह्वाइट हाउसले अहिले नै सैन्य कारवाहीबारे कुनै निर्णय नगरे पनि सबै विकल्प खुला रहेको र कुनै पनि समय उचित निर्णय लिइने जनाएको छ। सिरियामा रसायनिक ग्यास आक्रमणको विषयमा दुई देशबीच कटुता बढ्दै गएका बेला दुवैतर्फबाट आक्रमण गर्ने चेतावनी अाइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.