|

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख १ गते देखि सामाजिक सञ्जाल फेसबुक बन्द हुने कुरा हल्ला मात्रै भएको बताएको छ । साविकको सञ्चार मन्त्रालयको लेटरप्याड प्रयोग गरेर सामाजिक सञ्जालमा भ्रामक समाचार सम्प्रेषण गरिएको समेत मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले एक विज्ञप्ति जारी गर्दै फेसबुक बन्द गर्ने कुरा हल्ला मात्रै भएको बताएका छन् । साथै उनले गलत सूचना सम्प्रेषण गर्नेमाथि प्रहरीको अनुसन्धान ब्यूरो सिआइबीबाट कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.