१२ करोडको स्वीकृती, २२ करोड खर्च

|

काठमाडौं: भूकम्पबाट क्षतिग्रस्त सम्पदा बौद्ध महास्तुप पुर्ननिर्माणमा स्वीकृत लिएको रकमभन्दा बढी खर्च देखाएर अनियमितता गरेको पाइएको छ।  पुनर्निर्माण गर्दा  सुनको आवश्‍यकता भन्दा दोब्बर बढी खर्च गरिएको देखाइएको छ।

 सरकारी आय व्ययको लेखा परिक्षण गर्ने संवैधानिक निकाय महालेखा परिक्षकको ५५ औँ प्रतिवेदनले तोकिएको र आवश्‍कता भन्दा दोब्बर बढी रकमको लेखा राखिएको उल्लेख गरेको छ। महालेखा परिक्षक कार्यलयको प्रतिवेदन अनुसार १६ किलो ४२० ग्राम बढी सुन खपत गरिएको देखाइएको छ।

बढी प्रयोग गरिएको सुनको लागत ८ करोड ८८ लाख रुपैयाँ हो। पुरातत्व विभागबाट मुख्य आइटमको रुपमा रहेको हर्मिका, त्रयोदश भूवन, छत्रको सेट तथा गजुरसमेतको ५ हजार ५८६ वर्गफिटमा प्रतिवर्गफिट आधा तोला सुन प्रयोग गर्न सुनको मूल्य १४ हजार ७२३ का दरले कुल ८ करोड २२ लाख ५३ हजारको लागत अनुमान सहित स्वीकृती प्राप्त भएको छ। 

तर, पनु निर्माणमा ४ हजार ९९९ वर्ग फिटमा गरी ३३ हजार ५३३ रुपैयाँ ७१ पैसाका दरले ३१ किलोग्राम सुन प्रयोग गरेको भन्दै १६ करोड ७६ लाख ६५ हजार खर्च भएको उल्लेख छ। यसरी स्वीकृत गरिएको भन्दा बढी खर्च देखाइनुलाई प्रतिवेदनले अनिमितताको संज्ञा दिएको छ। प्रतिवेदनमा लेखिएको छ 'समितिले स्वीकृत गरेको लागत अनुमानमा सुन प्रयोग सम्बन्धमा आधार खुलाएको देखिएन', प्रतिवेदनको उल्लेख गरिएको छ।

 महास्तुप पुननिर्माणसमा समेत १२ करोड ४६ लाख लाग अनुमान गरिएकोमा झण्डै २२ करोड अर्था ७६ प्रतिशत बढी रकम खर्च भएको उल्लेख गरिएको छ। '१२ करोड ४६ लाख ७ हजार रुपैयाँको लागत अनुमान स्वीकृत भएकोमा समितिका दुई सदस्य र एक कर्मचारीमार्फत अमानतबाट काम गराई २१ करोड ९८ लाख ४८ हजारमा कार्य सम्पन्न गरेको छ' प्रतिवेदनमा लेखिएको छ। 

त्यस्तै महालेखाले स्वीकृत गरिएको रकम भन्दा बढी  भनिएको खर्च विश्‍लेषण गर्दा समेत आधार नदेखिएको उल्लेख गरेको छ। '१४ किलो ५८० ग्राम मात्र खपत हुनसक्नेमा ३१ किलोग्राम खपत देखाएकोले बढी खपत देखिएको १६ किलोग्राम ४२० ग्रामको हुने मूल्य ८ करोड ८८ लाख ८ हजार बढी खर्च गरेको मनासिब देखिएन' प्रतिवेदनमा देखिएको छ यसको छानविन हुनुपर्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.