|

अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणका विरुद्ध अमेरिकामै हस्ताक्षर संकलन सुरु भएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउस अगाडि विरोधका लागि जम्मा भएका दर्जनौँ प्रदर्शनकारीले सिरिया आक्रमणका विरुद्ध शनिबार हस्ताक्षर संकलन गरेका हुन्।

अमेरिकाको नेतृत्वमा फ्रान्स र बेलायतसमेतले सिरियामा शनिबार बिहानै आक्रमण सुरु गरेको २४ घण्टा पनि नबित्दै उनीहरूले हस्ताक्षर संकलन सुरु गरेका थिए।

प्रदर्शनकारीहरूले पहेँलो व्यानर सहित “सिरियालाई मुक्त गर”, “सिरियामा अमेरिकाको युद्ध हुदैन” “सिरियामाथिको बम आक्रमणले मानवलाई फाइदा गर्दैन, यसले उनीहरूलाई मार्छ,” जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए।

उनीहरूले युद्धतर्फको बाटो छोडेर शान्तिको मार्ग रोज्न पनि आह्वान गरेका थिए। उनीहरूले विभिन्न सहरहरूमा शृंखलाबद्ध रुपले प्रदर्शन गरेका छन्।

सिरियाले रासायनिक अस्त्र निर्माण गर्ने गरेको भनिएका क्षेत्रहरूमा अमेरिका, बेलायत र फ्रान्सले शनिबार क्षेप्यास्त्र हमला गरेका हुन्।

यो हमला अहिलेको लागि पूरा भएको अमेरिकाले बताएको छ। अमेरिकाले सिरियाले पछिल्ला केही समययता रासायनिक हतियारहरुको निर्माण गरी त्यसबाट आक्रमण गर्ने गरेको जनाएको छ।

यसबाट हजारौँ नागरिक मारिएको भन्दै त्यसैको विरुद्धमा आक्रमण लक्षित रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.