अर्थ

सेयर किन्न र बेच्न अब दलालकोमा धाउने दिन गए
SHARES

बैशाख २, २०७५

    काठमाडौं : नेपालमा पनि इन्टरनेटमार्फत सेयर खरिद बिक्री गर्न आदेश दिन सक्ने प्रणालीको अभ्यास सुरु भएको छ।

    क्रिस्टल कञ्चनजंगा सेक्युरिटी प्रालिमा आइतबार आयोजित समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले उक्त प्रणाली शुभारम्भ गरेका हुन्। यो प्रणाली प्रारम्भसँगै सेयर लगानीकर्ताले सेयर खरिद बिक्रीका लागि ब्रोकर कार्यालय धाउनुपर्ने झन्झट अब अन्त्य भएको छ।

    छिट्टै पूर्ण स्वचालित सेयर खरिद बिक्री गर्न आदेश दिन सक्ने प्रणाली नेपालको पुँजीबजारमा भित्रने प्रक्रिया अन्तिम चरणमा रहेको बताइएको छ। सो अवसरमा नेप्सका महाप्रबन्धक चन्द्रसिंह साउदले नेपाली पुँजीबजारको अपार सम्भावना रहेको बताए।

    इन्भेष्टमेन्ट फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेललगायतले प्राथमिक बजारको विकासमा हालसम्म उल्लेख्य काम भए पनि दोस्रो बजारको विकासमा आवश्यक ध्यान पुग्न नसकेको धारणा व्यक्त गरे।

    आयोजक संस्था क्रिस्टल कञ्चनजंगा सेक्युरिटी प्रालिका प्रबन्ध निर्देशक प्रियराज रेग्मी र सञ्चालक शीतल कोइरालाले पुँजी बजारको विकासका लागि धितोपत्र दलाल व्यवसायीले नियमन निकाय र सरोकारवालासँग आवश्यक छलफल गरेर अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गरे।

    धितोपत्र बोर्डमा दर्तामा रहेका ब्रोकरको संख्या ५० रहेको छ। देशका विभिन्न शहरमा शाखा खोलेर उनीले सेवा प्रवाह गरिरहेका छन्। नेपालमा करिब १५ खर्ब रुपैयाँको बजार पुँजीकरण छ। मुलुकको जनसंख्याको पाँच प्रतिशतभन्दा थोरै व्यक्ति पुँजी बजारमा समाहित रहेको बताइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]