|

धनकुटा : धनकुटाको सहिदभूमि गाउँपालिकामा लागेको आगलागीमा परेर दुईजना घाइते भएका छन्। आइतबार दिउँसो सहिदभूमि गाउँपालिका-३ मा पर्ने कुभाङ सालघारी थालाखाम सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा दुईजना घाइते भएका हुन्।

घाइते हुनेमा सोही ठाउँका चन्द्रबहादुर राई र उनका छोरा उत्तरमान राई रहेको प्रहरी चौकी छिन्ताङका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) भीम बर्देवाले जानकारी दिए। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

सामुदायिक वनमा लागेको आगो हावाले उडाएर घरमा ल्याएपछि निभाउने क्रममा उनीहरू घाइते भएको प्रहरीले जनाएको छ।आगो हावाले उडाएर बस्तीमा ल्याउँदा चन्द्रबहादुर राईको घर गोठ र कटकबहादुर राईको गोठ जलेर नष्ट भएको सही बर्देवाले जानकारी दिए। 

आगलागीबाट चन्द्रबहादुरको १० लाख ५५ हजार र कटकबहादुरको ७५ बराबरको क्षति भएको र सामुदायिक वन पूर्णरूपमा जलेको छ सही बर्देवाले बताए। आगलागीबाट कति क्षति भयो विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.