|

धनगढी : मोटरसाइकलको ठक्करबाट प्रदेश ७ का प्रदेशसभा सदस्य तारा लामा घाइते भएका छन्। नेकपा एमालेका कञ्चनपुरका अध्यक्ष तथा प्रदेससभा सदस्य लामा से ४ प ५०९१ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका हुन्।

कञ्चनपुरबाट प्रदेशसभामा निर्वाचित लामा सडकमा हिँडिरहेको बेलमा मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिए। ठक्करबाट तामाङको बायाँ खुट्टामा चोट लागेको प्रहरीले जानकारी दिएको छ। तामाङलाई उपचारका लागि काठमाडौं लगिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.