|

काठमाडौं : सरकारले कर्मचारीका सन्तानलाई छात्रवृत्तिमा करोडौं लगानी गरे पनि उनीहरूलाई सरकारी सेवामा आकर्षित गर्न सकेको छैन। सरकारी छात्रवृत्तिमा कर्मचारीका सन्तान डाक्टर, इन्जिनियर, नर्स, कृषि तथा वन प्राविधिक बनेका छन्।

यो छाात्रवृत्तिमा मौ सरकारले आर्थिक वर्ष ०७३\७४ सम्म ६० करोड ४१ लाख चार हजार रुपैयाँ वितरण गरिसकेको छ। आव ०७४\७५ का लागि थप १४ करोड वितरण गर्ने योजना छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्ति वितरण गर्ने जिम्मेवारी पाएको छ।

छात्रवृत्ति पाउने रकम दुई लाखदेखि पाँच लाख रुपैयाँ तोकिएको छ। मन्त्रालयले वितरणमा आफैंले बनाएको निर्देशिका उल्लंघन गर्दै आएको आरोप पनि छ। निजामती कर्मचारीका सन्तानलाई छात्रवृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका ०७२ अनुसार छात्रवृत्ति पाएका डाक्टर, इन्जिनियर, नर्स, कृषि–वन प्राविधिकलगायतले पढाइ पूरा गरेपछि अनिवार्य रूपमा सरकारी सेवामा लाग्नुपर्छ।

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनले पनि सन्तति छात्रवृत्ति कार्यक्रममा करोडौं लगानी भए पनि सरकारले प्रतिफल प्राप्त गर्न नसकेको भन्दै मन्त्रालयको ध्यानाकर्षण गरेको छ। छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई उत्तीर्ण भएको एक वर्षभित्र सरकारले कुनै संस्था–निकायको काममा खटाउनसक्ने व्यवस्था निर्देशिकामा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.